Wednesday, January 20

२४ घण्टामा १ सय ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

July 26, 2020 253

काठमाडौं । बितेको २४ घण्टामा थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ८ जना रहेका छन् ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८ सहित थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ७५ जनाले कोरोना जितेको छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हजार १२८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्