Tuesday, November 24

एकैपटक १८ जना सशस्त्र प्रहरीमा देखियो कोरोना

July 26, 2020 142

झापा- झापामा कार्यरत १८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण भएको छ । पूर्वी सीमा काँकरभिट्टामा कार्यरत अधिकांश सशस्त्र प्रहरीका अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाईँले जनाए र उनका अनुसार सबै प्रहरीलाई थप उपचारका लागि बिराटनगर लगिएको छ । उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ पनि सुरु गरिएको बताइएको छ ।

त्यस्तै नेपालमा शनिबार १०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १३ हजार ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै शनिबार १ सय ९ जनामा संक्रमण पुष्टी भएको छ । एक जनाको कोरोना स।क्रमणबाट ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या ४५ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रतिकृया दिनुहोस्