Monday, October 26

ह’त्यारा प’क्राउ पर्न न’सक्नुको कारणबारे निर्मलाकी आमा ले खोलीन् यस्तो रहस्य –

July 26, 2020 96

कञ्चनपुर, ११ साउन । झन्डै एक दर्जन अनुसन्धान टोली खटियो । आधा दर्जनभन्दा बढी अनुसन्धान अधिकृत फेरिए । यो अवधिमा कञ्चनपुर प्रहरी प्रमुख एसपी पनि चार जना फेरिए । एक वर्षसम्म निरन्तर विभिन्न किसिमका आ’न्दोलन र द’बाबमूलक कार्यक्रम चलिरहे । तर, ब’ला’त्का’रपछि ह’त्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका ह’त्यारा अझै पत्ता लाग्न सकेका छैनन् । घ’टनाको दुई वर्षसम्म पनि अनुसन्धान जहाँको त्यहीं छ ।

निर्मलाको न्यायका लागि भनेर सुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाले ज्या’न गुमाए, एक द’र्जनभन्दा बढी घा’इते भए । कतिपयको अहिले पनि उपचार भइरहेको छ । ‘दुई वर्ष भइसक्यो, प्रहरीले अहिले पनि अनुसन्धान भइरहेको छ मात्रै भन्छ,’ शनिबार निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘साँच्चै अनुसन्धान गरेको भए अहिलेसम्म अ’पराधी प’त्ता लाग्नुपर्ने हो ।’

उनलाई प्रहरीले अहिले पनि सही ढंगले अनुसन्धान गरिरहेको अनुभूति भएको छैन । उनी घ’टनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय धाउ’ने गर्छिन् । ‘आज पनि गएकी थिएँ,’ उनले भनिन्, ‘तर एसपी–डीएसपी कसैलाई पनि भेटिनँ, फोनमै कुरा भयो ।’ प्रहरीले घ’टनाका मुख्य दोषी भन्दै सार्वजनिक गरेका भीमदत्त नगरपालिका–१९ बागफाँटाका दिलीप विष्टका नाममा दुर्गादेवीले एक वर्षअघि कि’टानी जाहेरी दिएकी थिइन् । विष्टमाथि पनि थप अनुसन्धान हुनुपर्ने उनको माग छ ।कान्तिपुर दैनिकमा खबर छ ।

विगतमा आ’न्दोलन र वि’रोधका कारण अनुसन्धानमा केही स’मस्या भए पनि हाल स्थानीयले साथ दिँदा सहज भएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासिनीले बताए । ‘हालसम्म नयाँ डेभलप त केही भएको छैन,’ उनले भने, ‘अनुसन्धान विगतको भन्दा सहज बन्दै गएको छ, यही आधारमा विभिन्न आयामबाट अनुसन्धान गरिरहेका छौं ।’ जिल्ला प्रहरीको टोलीसँगै केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले समेत अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्