Saturday, November 28

अस्पतालबाट अमिताभले भने, ‘भगवान मेरो रक्षा गर’

July 26, 2020 207

बलिउडका चर्चित हस्ति अमिताभ बच्चल कोरोना संक्रमण भएपछि अस्पतालमा छन् । बच्चललाइ काेराेना संक्रमण देखिएसंगै देश विदेशमा रहेका शुभचिन्तकहरूले स्वास्थ्य लाभकाे कामना गरिरहेका छन् ।

सामाजिक संजालमा सक्रिय रहने बच्चनले आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिइरहेका हुन्छन् । शुक्रबार राती उनले आफ्नो इन्टाग्राम एकाउन्टमा एउटा फोटो पोष्ट गर्दै भाबुक स्टाटस लेखेका छन् ।

‘उनले पुरानो फोटो शेयर गरेका छन् जहाँ उनी आफ्नो घर जल्साबाट फ्यानहरुलाई सम्बोधन गरिरहेका छन् । उनले लेखेका छन्, तपाईहरुले उठाउनु भएको हातहरु नै मेरो लागि प्रेरणा हो । म यो सधै देख्न चाहन्छु, हे भगवान मेरो रक्षा गर’

मेरो घर जल्सा आज सिल गरिएको छ । तर हरेस खाएको छैन । हजुरहरुसँग यसरी नै माया बाढ्न चाडै नै फर्केर आउँनेछु । अमिताभ केहि दिनदेखि अस्पतालमा छन् । उनी कोरोना संक्रमण भएपछि अस्पताल पुगेका हुन् ।

उनीसँगै छोरा अभिषेक बच्चन, बुहारी एश्वर्या राय र नातिनी अराधना बच्चन पनि अस्पतालमा उपचाररत छन् भने पत्नी जया घरमा सेल्फ आइसोलेसनमा बसेकी छिन् ।

प्रतिकृया दिनुहोस्