Tuesday, November 24

अमेरिकामा लगातार चौथो दिन एक हजारभन्दा धेरैको कोरोना संक्रमणका कारण मृत्यु

July 25, 2020 187

१० असार, काठमाडौंः विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा लगातार चौथो दिन पनि १ हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ ।

शुक्रबार पनि अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा लगातार चौथो दिन १ हशजारभन्दा धेरै मानिसको मृत्यु भएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा लगातार चौथो दिन पनि १ हजारभन्दा बढिको मृत्यु भएको हो ।

शुक्रबार अमेरकिामा थप १ हजार १९ जनाको कोरोना भँइरसको कारण मृत्यु भएको रोयटर्सले जनाएको छ । योसँगै हालसम्म अमेरिकामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या कुल १ लाख ४५ हजार ३ सय ५२ पुगेको छ ।

त्यस्तै, गत मंगलबार अमेरिकामा कुल १ हजार १ सय ४१ जनाले ज्यान गुमाएका थिए भने बुधबार १ हजार १ सय ३५ जनाको कोरोनाको कारण ज्यान गएको थियो । त्यस्तै, बिहिबार १ हजार १ सय ४० जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस्