Sunday, October 25

अस्पतालको बेडबाट अमिताभले भने, ‘भगवान मेरो रक्षा गर’

July 25, 2020 87

अमिताभ बच्चा कोरोना संक्रमण भएपछि अस्पतालमा छन् ।

सामाजिक संजालमा सक्रिय रहने बच्चनले आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिइरहेका हुन्छन् ।

बिश्वमा छरिएर रहेका उनका शुभचिन्तकहरुले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

शुक्रबार राती उनले आफ्नो इन्टाग्राम एकाउन्टमा एउटा फोटो पोष्ट गर्दै भाबुक स्टाटस लेखेका छन् ।

‘उनले पुरानो फोटो शेयर गरेका छन् जहाँ उनी आफ्नो घर जल्साबाट फ्यानहरुलाई सम्बोधन गरिरहेका छन् ।

उनले लेखेका छन्, तपाईहरुले उठाउनु भएको हातहरु नै मेरो लागि प्रेरणा हो । म यो सधै देख्न चाहन्छु, हे भगवान मेरो रक्षा गर’

मेरो घर जल्सा आज सिल गरिएको छ । तर हरेस खाएको छैन ।

हजुरहरुसँग यसरी नै माया बाढ्न चाडै नै फर्केर आउँनेछु ।

अमिताभ केहि दिनदेखि अस्पतालमा छन् । उनी कोरोना संक्रमण भएपछि अस्पताल पुगेका हुन् ।

उनीसँगै छोरा अभिषेक बच्चन, बुहारी एश्वर्या राय र नातिनी अराधना बच्चन पनि अस्पतालमा उपचाररत छन् भने पत्नी जया घरमा सेल्फ आइसोलेसनमा बसेकी छिन् ।

प्रतिकृया दिनुहोस्