झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डु’बेर तीन बालकको निधन भएपछि गाउँ नै शो’कमा डुबेको छ । निधन हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका दुई छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । बुधबार दिउँसो घरबाट खेल्न निस्किएका अंकुश अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा राति ७ बजे पोखरीमा डु’बेर मृ’ तावस्थामा फेला परेका थिए । उनीसँगै बे’पत्ता भएका करण र अर्जुनको खोजतलास गर्ने क्रममा आज सोही पोखरीभित्र गाडिएको अवस्थामा भेटिएका थिए । दुवै बालकको श’व निकालिएको प्रवक्ता थापाले बताउनुभयो ।
अर्को समाचार, एक कोरोना संक्रमितको निधन , मृ’तकको संख्या ४३ पुग्यो – वीरगञ्ज : पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार अपरान्ह वीरगञ्ज महानगरपालिका-६ माईस्थानका करिब ७० वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको हो। उनको बुधबार पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ आएको थियो।
उनलाई गत सोमबार सास फेर्न गाह्रो भएपछि एडभान्स अस्पतालमा भर्ना गरिएको थियो। तर कोरोनाको शंकापछि मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगिएपछि अपरान्ह उनको निधन भएको गण्डक अस्थायी कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ४३ पुगेको छ।
प्रतिकृया दिनुहोस्