श्रीमती ज्यान लिएर दोषी ठ,हर भएका सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक रञ्जन प्रसाद कोइराला जेलमुक्त भएका छन् । सर्वाेच्च अदालतको असार १५ गतेको आदेशानुसार आठ वर्ष छ महिना कैद सजाय भुक्तान गरी रञ्जन आज जेलमुक्त भएका हुन । यसअघि यो मुद्दामा कोइरालालाई काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनलले पनि सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । त्यस वि,रुद्ध प्रतिवादीका तर्फबाट सर्वाेच्चमा पुनरावेदन परेको थियो । उक्त मु,द्दामा सुनुवाइ गर्दै सर्वाेच्च अदालतले सजाय घटाउँदै आठवर्ष छ महिना कैद कायम गरेको थियो ।
प्रहरिका अनुसार रञ्जनले विसं २०६८ मा पत्नी गीताको ह,त्या गरी श,व नष्ट गर्ने उद्देश्यले मकवानपुरको पालु्ङमा लगेर जलाएका थिए । उनलाई श,व जलाएर फर्किंदै गर्दा नाग ढुुंगामा प्रहरीले पक्राउ गरेको थियो । सर्वोच्चले मृु,तक श्रीमतीकै दोष देखाउँदै कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला ‘चर्को पर्न जाने’ भन्दै असार १५ गते प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनको कैद सजाय घटाएर थुना मुक्त गर्ने निर्णय गरेको हो । बाकी भिडियो मा हेर्नुहोस
प्रतिकृया दिनुहोस्