Saturday, November 28

काठमाडौं उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित

July 23, 2020 133

काठमाडौं : काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।संक्रमित हुनेमा काठमाडौंका ५ जना,ललितपुरका २ जना र भक्तपुरका २ जना रहेको मन्त्रालयले जनाएको छ।

बिहीबार थप १४७ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ हजार १८१ नमूना परीक्षणमा १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको हो।मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । नयाँसहित कूल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ।

बुधबार मात्र १०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा  १५६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ८ सय ४० पुगेको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ९८  पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५हजार ३ सय ५८ जनाको उपचार भइराखेको छ ।

प्रतिकृया दिनुहोस्