Tuesday, January 26

पछिल्लो २४ घण्टामा देखियो १ सय ४७ मा कोरोना संक्रमण

July 23, 2020 248

२४ घण्टामा नेपालमा १ सय ४७ मा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा थप १ सय ४७ जनामा नयाँ संक्रमण भएको बताए ।

यससँगै नेपालमा जम्मा संक्रमितको संख्या १८ हजार पुगेको छ ।

नेपालमा कोरोनाका एक्टिभ केस हाल ५ हजार ३ सय ५८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८१ परीक्षण भएको थियो । पछिल्लो २४ घन्टामा १ सय ५६ संक्रमित निको भएर घर फर्केका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० रहेको छ ।

प्रतिकृया दिनुहोस्