Tuesday, October 27

आफ्नो भाईको नि धन सँगै भाबुक हुँदै राजेशले शेयर गरे यस्ता तस्बिर

July 23, 2020 113

काठमाडौं -महानायक राजेश हमालका भाइ राकेश हमालको मृ’त्यु भएको छ । उनको दिल्लीमा उपचारका क्रममा मृ’त्यु भएको बताइएको छ ।दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका नि”धन भएको बताइएको छ ।कलेजोमा समस्या देखिएपछि राकशेलाई केही दिन अघि प्लेन चार्टर्ड गरेर दिल्ली लगिएको थियो । राकेशका श्रीमती र दुई छोराछोरी छन् ।

चलचित्र क्षेत्र भन्दा बाहिर रहेका राकेश राजेश भन्दा करिब डेढ वर्षको अन्तर छ । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएको बताइएको छ ।आफ्नो भाईको निधन सँगै फेसबुकमा राजेश हमालले भाबुक हुँदै बाल्यकालको तस्बिर पोस्ट गरेका छन ।
यो पनि पढ्नुहोस, काठमाण्डौ -ल कडाउन हटेको छ । चैत ११ गतेदेखि सुरु भएको ल कडाउन गएराति १२ बजेदेखि अन्त्य भएको हो । आजदेखि सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने र गाडीको जोर-बिजोर प्रणाली हटाउने सरकारले निर्णय गरेको छ ।

यस्तै साउन १५ गतेदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन हुनेछन् । स्वास्थ्य मापदण्ड पालना गरी भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक गाडी तथा हवाई सेवा सुरु गर्ने सरकारले निर्णय गरेको छ ।

यस्तै भदौ १ गतेदेखि भर्ना र रोकिएका परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । तर, अर्को निर्णय नभएसम्मका लागि स्कुल/कलेजमा पठनपाठन भने गर्न पाइने छैन । लकडाउन खुला भए पनि शिक्षण संस्थाहरू, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार तथा मनोरञ्जनका क्षेत्र, सैलुन-ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद, सभा/भेला, धार्मिक क्षेत्र, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना, अन्तर्राष्ट्रिय नाका भने बन्द रहनेछन् ।

ल कडाउन अन्त्य गरे पनि स्वास्थ्यसम्बन्धी मापदण्ड कायमै रहेको र त्यसको पालना गर्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पालना गराउन प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ । मापदण्ड उल्लंघन गर्नेलाई सं क्रामक रो क तथा स्थानीय प्रशासन ऐनअनुसार का रबाही हुने सरकारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्