Saturday, February 27

अझै १ वर्ष कोरोनाको खोप नबन्ने भन्दै डब्लूएचओले दियो यस्तो डरलाग्दो चेतावनी

July 23, 2020 370

काठमाडौं-विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले २०२१ अघि भ्याक्सिन बन्ने कुनै आशा नभएको बताएको छ । विश्व कोरोनाले महामारी बनिरहेका बेला डब्ल्यूएचओको यस्तो भनाइले झनै निराश बनाएको छ । डब्ल्यूएचओका कार्यकारी निर्देशक माइक रेयानले भ्याक्सिन न् २०२१ अघि भ्याक्सिन बन्ने कुनै आशा नभएकोले सुरक्षा मानकमा कुनै कमी हुन नहुने र यदि भएमा अझै महामारी बढ्ने बताएका छन् ।

यदि अनुसन्धानकर्ताले भ्याक्सिन बनाउन सफल भए पनि अर्को वर्षको सुरुवाती अघि आशा गर्न नसकिने रेयानले बताए । संसारभरी कोरोनाभाइरसका हालसम्म १ करोड ५२ लाख ३५ हजार २०८ संक्रमित भेटिएका छन् भने ६ लाख २३ हजार ५ सय ७६ले ज्यान गुमाएका छन् ।त्यस्तै ९१ लाख ९९ हजार ६ सय ३२ जना निको भएर घर फर्केका छन् ।

प्रतिकृया दिनुहोस्