Tuesday, October 27

फेरी नेपालमा १ जना कोरोना संक्रमितको ज्यान गयो

July 23, 2020 76

वीरगञ्ज ।नेपालमा फेरी थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृ’त्यु भएको हो । स्वास-प्रस्वासको समस्याले ग्रस्तित अन्दाजी ७० वर्षीय पुरुषको मृ’त्यु भएपछी कोरोना सङ्क्रमण पुष्टि भएको हो ।वीरगञ्ज महानगरपालिका वडा नं. ६ माइस्थान घर भएका पुरुषमा मृ’त्युपछी कोरोना सङ्क्रमण पुष्टि भएको गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जका संयोजक डा. उदय नारायण सिंहले पुष्टि गरे ।स्वास-प्रस्वासमा स’मस्या आउँदा वीरगञ्जको एक निजि अस्त्पालमा भर्ना भएका वृद्धमा कोरोनाको लक्षण देखिएपछी मङ्गलबार उनलाई गण्डक अस्थायी कोभिड अस्पतालमा सि’फ्ट गरिएको थियो ।

मङ्गलबार नै उपचारको क्रममा वृद्धको मृ’त्यु भएपछी उनको स्वा’ब सङ्कलनगरी जाँ’चको लागि नारायणी अस्पतालको पीसीआर ल्या’बमा पठाइएको थियो । बुधवार राति १० बजे उक्त वृद्धमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।यसैबीच, नारायणी अस्पतालको ल्याबबाट बुधवार राति सार्वजनिक भएको रिपोर्ट अनुसार ती वृद्धसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।ल्याब प्रमुख प्या’थोलोजिस्ट डाक्टर नीरा पाठकका अनुसार श्रावन ७ गते १ सय २८ वटा न’मुना जाँ’चबाट ४ महिलासहित १७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये वीरगञ्ज नारायणी अस्पतालमै कार्यरत ४० वर्षीय चिकित्सक र दुई वर्ष पहिले अ’वकाश पाइसकेका र हाल निजी अस्पतालमा उपचार सेवा दिइरहेका ६२ वर्षिय चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित बाँकीको विस्तृत रिपोर्ट आउन बाँकी छ । हाल गण्डक अस्थायी कोभिड अस्पतालमा ६ महिला र २३ पुरुष गरी कुल २९ जना संक्रमित उपचाररत रहेकोमा अब यो संख्या बढ्ने छ ।कोभिड अस्पतालका अनुसार असार अघि नेपालका १५ प्रतिशत संक्रमितमा कोरोनाको लक्षण देखिएकोमा हालका परिस्थितिमा १५ प्रतिशतमा लक्षण नरहेको तर ८५ प्रतिशतमा ज्वरो, टा’उको दु’ख्ने, घाँ’टी दु’ख्ने, श्वा’सप्रश्वासमा स’मस्या लगायतका लक्षण देखिन थालेको छ ।

गण्डकका २९ जना संक्रमतिमा २४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले अहिलेको समयमा धरै सा’वधानी अपनाउनु पर्ने अवस्था आएको डाक्टर सिंहको भनाई छ । २९ जनामध्ये १ जना आइसीयूमा उपचारत रहेकोमा उनको अवस्था हाल समान्य रहेको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक ज’यमोद ठाकुरले कोरोना स’मुदायमा फै’लिएको हुनसक्ने भएकाले सबै सं’यन्त्र ’मिलेर काम गर्नुपर्ने बताए । त्यसबाहेक अन्य कुनै उपाय नरहेको उनको तर्क छ ।

प्रतिकृया दिनुहोस्