Sunday, January 24

अभिनेता सलमान खानले खेतमा धान रोपेको भिडियो सर्वाधिक हेरियो

July 22, 2020 239

काठमाडौ, साउन ७ । बलिउड अभिनेता सलमान खानको एक भिडियो यतिबेला सामाजिक संजालमा निकै भाइल भएको छ । उक्त भाइरल भिडियोमा अभिनेता खानले खेतमा छुपुछुपु धान रोपेका छन् ।

लकडाउनका कारण फार्महाउसमा ब्यस्त रहेका उनले बेला बेलामा अनेक अनेक भिडियो सार्वजनिक गर्दै आएका छन् । हालै पनि इन्टाग्राममा शेयर गरेको यो भिडियोले चौतर्फि चर्चा पाएको छ ।

मजदुरको खेतमा धान रोप्दै गरेको भिडयोलाई शेयर गरेको केहि मिनेटमै धेरैले हेरिसकेका छन् । केहि दिन पहिला पनि उनले रोपाईको लागी ट्याक्टर जोत्दै गरेको भिडयो र तस्विर शेयर गरेका थिए । जुन भिडियो फ्यानले असाध्दै रुचाएका थिए ।

प्रतिकृया दिनुहोस्