Sunday, January 24

इन्सपेक्टर दाहालको परिवारलाई १० लाख क्षतिपूर्ति

July 22, 2020 195

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा भएको बम विष्फोटमा परेर ज्यान गुमाएका इन्सपेक्टर अमिर दाहालको परिवारलाई सरकारले १० लाख क्षतिपूर्ति दिने भएको छ ।

साउनमा ५ बसेको मन्त्रिपरिषद्को बैठकले इन्सपेक्टर दाहालसहित सो विष्फोटमा ज्यान गुमाएका स्थानीय राजेश शाह र उनका छोरा आनन्दको परिवारलाई जनही १० लाख दिने निर्णय गरेको हो ।

इन्सपेक्टर दाहाल लामो समय पूर्वप्रधानमन्त्री झलनाथ खनालको पर्सनल सेक्यूरिटी अफिसर (पिएसओ)मा कार्यरत थिए । ०७६ मंसिर २८ मा भएको विष्फोटमा परेर उनीहरुको निधन भएको थियो । बम विष्फोटमा संलग्नमध्ये धनुषाको तेजनगर घर भएका गंगा मण्डललाई प्रहरीले चैत १३ मा पक्रेको थियो ।

महेन्द्रनगर बजारबाट उत्तरतर्फ कुचाईटोलमा राजेश शाहको घर बाहिर बिजुलीको पोलमा राखेको बम हटाउँदा इन्सपेक्टर दाहालसहित ३ जनाको निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्