Wednesday, November 25

कर्णालीमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमित थपिए, १३ जना डिस्चार्ज

July 22, 2020 125

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा तीनजना बालबालिकासहित २२ जनामा कोरोना देखिएको छ । संक्रमित देखिनेमा १६ जना दैलेख र ६ जना कालीकोटका रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा उनीहरु सबैमा कोराना देखिएको हो ।  यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १७८३ पुगेको छ । यस्तै, कर्णालीमा बुधबार मात्रै १३ जना डिस्चार्ज भएका छन् । योसहित प्रदेशमा डिस्चार्ज हुनेको संख्या १५४६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्