Tuesday, November 24

कोरोना संक्रमणबाट शिक्षण अस्पतालमा चिनियाँ नागरिकको मृत्यु

July 22, 2020 272

काठमाडौँ — नेपालमा रहेकी एक जना चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित ४८ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पोख्रेलले जानकारी दिए ।

कोरोना संक्रमणबाट नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।

मुटुसम्बन्धी रोगी ती महिला धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत थिइन् । उपचारकै क्रममा पीसीआर परीक्षण गराउँदा कोरोना देखिएपछि उनलाई मंगलबार साँझ शिक्षण अस्पताल सारिएको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

अहिले ती महिलाको शव शिक्षण अस्पतालको शवगृहमा रहेको र नेपालस्थित चिनिया दूतावासको सहकार्यमा शव व्यवस्थापनको तयारी भइरहेको कार्यकारी निर्देशक पोख्रेलले बताए ।

प्रतिकृया दिनुहोस्