Monday, November 23

भारतमा एकै दिनमा ३७ हजारभन्दा बढि कोरोना संक्रमित, कुल संख्या १२ लाख पुग्न लाग्यो

July 22, 2020 194

०७ असार, काठमाडौंः भारतमा हालसम्मको कोरोना भाइरसको संक्रमितहरुको संख्या १२ लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतका विभिन्न ठाउँमा गरि कुल ३७ हजार ७ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै भारतमा हालसम्म पुष्टि भएका कोरोना संक्रमितहरुको संख्या १२ लाख नजिक पुगेको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा ११ लाख ९२ हजार ९ सय १५ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा कुल ६ सय ४८ जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म २८ हजार ७ सय ३२ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्