Monday, November 23

मकवानपुरमा तुइनबाट खसेर एक जनाको मृत्यु

July 22, 2020 319

मकवानपुरको हेटौंडामा मंगलबार तुइनबाट खसेर एक वृद्धको मृत्यु भएको छ । तुइनबाट खसेर मृत्यु हुनेमा हेटौंडा-१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुली रहेका छन् ।

हेटौंडाबाट लालझाडी जान रापती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने क्रममा उनी खुट्टा चिप्लिएर खसेका थिए । तुइनबाट खसेर रापती खोलाले उनलाई बगाएको थियो ।

उनलाई खोलाले बगाएर करिब तीन सय मिटर तल पुगेपछि उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा थप उपचारका लागि चितवन रिफर गरिएको थियो । चितवन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

केपी ओली नेतृत्वको सरकारले देशभरबाट तुइन विस्थापित भएको बताइरहँदा सर्वसाधारण भने तुइनबाट कष्टकर यात्रा गर्न बाध्य छन् ।

प्रतिकृया दिनुहोस्