Monday, November 30

पछिल्लो २४ घन्टामा १५० कोरोना संक्रमित थपिए

July 21, 2020 136

गत २४ घन्टामा नेपालामा १५० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

त्यस्तै मंगलबार ६ सय ९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४ सय ७७ पुगेको छ ।

नेपालमा कोरोनाको कारण ४० जनाको ज्यान गइसकेको छ ।

मंगलबारसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण भइसकेको छ ।

प्रतिकृया दिनुहोस्