Tuesday, October 27

अरनव गोस्वामीले बोल्नै नदिएपछि लाइभ कार्यक्रममै खाना खाइदिइन् अभिनेत्रीले

July 21, 2020 135

नेपालले कालापानी, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय टेलिभिजन पत्रकार अरनव गोस्वामीले एउटा बहस कार्यक्रम चलाएका थिए। उक्त बहसमा अरनवले नेपाली पाहुनाहरूलाई आफ्नो कुरा राख्नै नदिई एकोहोरो नेपालको बदख्वाइँ गरेको भन्दै खुब आलोचना भएको थियो।

निम्तालु पाहुनाहरूलाई आफ्ना धारणा राख्ने मौका दिनुको सट्टा निरन्तर आफैं लेक्चर सुनाउने अरनवको पत्रकारिता शैली भारतभित्रै पनि आलोचित छ। उनका हरेक कार्यक्रम प्रसारणपछि त्यसमा सहभागी पाहुना र दर्शकहरूले सामाजिक सञ्जालमार्फत् आफ्नो असन्तुष्टि व्यक्त गर्ने गरेका छन्।

कतिपय पाहुना भने यस्ता पनि हुन्छन्, जसले अरनवसँगको ‘लाइभ’ कार्यक्रमकै बीचमा विभिन्न तरिकाले उनको शैलीप्रति असन्तुष्टि जाहेर गर्छन्।

यही क्रममा सोमबार एउटा भिडिओ भाइरल भयो, जसमा एक दक्षिण भारतीय अभिनेत्री अरनवको लाइभ कार्यक्रममा खाना खाँदै गरेको देखिइन्।

ती अभिनेत्री हुन्, कस्तुरी शंकर।

तमिल, तेलुगु, मलयालम र कन्नड भाषाका फिल्मकी यी चर्चित अभिनेत्रीलाई अरनवले आइतबारको आफ्नो लाइभ बहसमा डाकेका थिए। बहसमा अरू पाहुना पनि थिए। तर, सधैंझैं कार्यक्रममा अधिकांश समय अरनव एक्लै बोलिरहे। पाहुनाहरूले आफ्नो धारणा राख्ने समय नै पाएनन्।

यसबीच अरनव एकोहोरो बोलिरहेका बेला कस्तुरी शंकर लाइभ कार्यक्रमकै बीचमा मज्जाले खाना खाइरहेको देखिइन्।

प्रतिकृया दिनुहोस्