Friday, October 23

बाढीपहिरोले सिद्धार्थ र पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

July 21, 2020 90

लगातारको भारी वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएका छन् । सोमबार राति तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै पहिरो खस्दा बुटवल–तानसेन सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी मदन गिरीका अनुसार सिद्धार्थ राजमार्गकै तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा मन्दिर नजिकै भीरबाट ढुंगाको थुप्रो खस्दा बुटवल–दोभान खण्ड अबरुद्ध भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्