Monday, November 30

समाचार पढ्दापढ्दै समाचार वाचिकाको दाँत फुस्किएपछि…

July 20, 2020 246

टेलिभिजनमा प्रत्यक्ष प्रशारणमा समाचार वा कार्यक्रम प्रस्तुत गरिरहँदा कहिलेकाहीँ निकै अप्ठेरा तथा अनौठा घटनाक्रमहरु आइलाग्दछन् ।

हालै युक्रेनमा एकजना महिला पत्रकारले यस्तै अकल्पनीय स्थितिको सामना गर्नुपरेको छ । टेलिभिजनमा प्रत्यक्ष प्रशारणका क्रममा समाचार वाचन गरिरहेको बेला उनको एउटा दाँत फुस्किएर हातमै झर्दासमेत सम्हालिएर समाचार पूरा गरेको दृश्यले दर्शकहरुलाई भावुक बनाइदिएको छ ।समाचार पढिरहँदा उनको अगाडिको भागको माथिल्लो पट्टकिो एउटा दाँत खुस्कियो । दाँत उखेलिएपछि उनले मुखसम्म हात पुर्‍याएर उक्त दाँतलाई एउटा हातमा लिइन् ।

एक्कासी दाँत फुस्किँदा र थोते भएर समाचार पढिरहँदासमेत उनको अनुहारमा कुनै बदलाव देखिएन र उनले स्वभाविकरुपमा समाचार रिपोर्टको वाचन पूरा गरिन् ।

ती साहसी समाचार वाचिकाको नाम मारिच्का पाडाल्को हो । उनले उक्त घनाको भिडियो आफ्नै इन्स्टाग्राममा अपलोड गरेकी छिन् । जहाँ उनले लेखेकी छिन्, ‘यो मेरो समाचार वाचिकाको रुपमा २० वर्ष काम गर्दाको सबैभन्दा अनौठो अनुभव हो ।’

आफू दाँत झर्दासमेत कुनै आश्चर्य नमानिकन स्वभाविक रुपमा समाचार पढिरहेको देख्दा उल्टै आफ्ना साथीहरु छक्क परेको र कतिपय साथीहरुले ‘तिमी त दिनहुँ आफ्नो दाँत र्झछ जस्तो पो गर्‍यौ,’ भनेर भनेको समेत उनले लेखेकी छिन् ।

उनका अनुसार १० वर्षअघि आफ्नी छोरीले खेलाइरहेको घडी आफ्नो दाँतमा ठोक्किँदा कमजोर बनेको दाँत अहिले आएर समाचार पढिरहेको बेला खुस्किएको हो ।

दाँत झर्दासमेत नआत्तिइकन समाचार पूरा गर्ने ती समाचार वाचिकाको भिडियो सोसल मिडियामा भाइरल बनेको छ । धेरैको उनको मुक्त कण्ठले प्रसंसा गरेका छन् ।

प्रतिकृया दिनुहोस्