Tuesday, January 26

विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा सल्कियो कोरोना

June 14, 2020 195

शरणार्थी शिविरमा बस्ने २ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि यसले भयावह रूप लिनसक्ने अनुमान गरिएको छ ।

बंगलादेशस्थित बक्स बजारमा रहेको उक्त शिविरमा म्यानमारको हिंसाबाट जोगिन त्यहाँ बस्दै आएका शरणार्थीको संख्या १० लाख रहेको छ । म्यानमारमा रोहिंग्या मुस्लिमलाई हिंसा हुने बताइन्छ ।

बंगलादेशको यो शिविरमा कोरोनाले भयावह रूप लिए देश वर्षाैपछि धकेलिन सक्ने सेभ द चिल्ड्रेनका स्वास्थ्य निर्देशक डा. शमिम जाहनले बताएका छन् ।

यो शरणार्थी शिविर विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा पर्दछ भने यहाँ प्रति वर्ग किलोमिटर ४० हजार देखि ७० हजार शरणार्थी बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस्