Friday, October 23

क्वारेन्टिनबाट भागेका व्यक्ति मृत फेला

July 19, 2020 236

कैलालीमा क्वारेन्टिनबाट भागेका एक जना व्यक्ति आज मृत फेला परेका छन् ।

यही साउन १ गते भारतबाट फर्किएर गोदावरी नगरपालिका–८ स्थित गोलादेवी आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका सोही वडाका ४५ वर्षीया शेरबहादुर आउजी कबुलियत सामुदायिक वनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

मृत फेला परेका आउजी आज बिहान मात्रै क्वारेन्टिनबाट भागेको प्रहरी नायब उपरीक्षक विष्टले बताउँछन् ।

प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्