Wednesday, October 21

वीरगंजबाट आयो अत्यन्तै दु:खद खबर समाचार

July 19, 2020 167

ब्यक्तिगत रुपमा आफै कोरोनाको परिक्षण गरेकाहरुमा पनि कोरोना पुष्टि भएको छ । लकडाउन खुकुलो भएसंगै काठमाडौं जानका लागि ब्यक्तिगत रुपमा कोरोना परिक्षण गरेकाहरुमा पनि कोरोना पुष्टि भएको हो । सरकारले गरेको लकडाउनका कारण घर गएकाहरु लकडाउन खुकुलो भएसंगै काठमाडौं फर्कदै छन् ।

काठमाडौं फर्कनु अघि ब्यक्तिगत रुपमा पैसा तिरेर पिसिआर परिक्षण गराउने पनि बढेका छन् । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा त्यसरी ब्यक्तिगत रुपमा परिक्षण गराएका ५ जनामा कोरोना पुष्टि भएको छ । सो ल्याबमा परिक्षण गराएका मध्य ८ जनामा कोरोना पुष्टि भएको हो । ति मध्य ५ जना ब्यक्तिगत रुपमा आफै तिरेर परिक्षण गराएकामा पुष्टि भएको हो । शनिवार नारायणी अस्पतालमा १ महिला सहित ८ जनामा कोरोना पुष्टि भएको छ । ब्यक्तिगत रुपमा कोरोना परिक्षण गराउन आएकाहरुमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र सरोकारवालाहरुका लागि चिन्ताको विषय बनेको छ । समुदायमा रहेकाहरुमा कोरोना देखिएको हो ।

प्रतिकृया दिनुहोस्