Tuesday, November 24

श्रीमानको श’वलाई ठेलामा राखेर मसानघाट पुर्‍याइन्, कसैले गरेनन् सहयोग

July 19, 2020 235

काठमाण्डौ – कोरोनाको त्रास । डरको अगाडि मानवता कसरी मौन हुन्छ भन्ने कुरा भा’रतको कर्नाटकमा भएको एक घ’टनाले देखाएको छ ।

कर्नाटकको बेलगाम जिल्लाबाट मन चसक्क घोच्ने भिडियाे बाहिर आएको छ । एक महिला ठेलामा श्रीमानको श’वलाई बोकेर अन्तिम संस्कारको लागि जाँदैछिन् । सबैलाई कोरोना भाइरसको ड’रले सताइरहेको थियो, त्यसैले ती महिलालाई सहयोग गर्न कोही पनि अघि सरेनन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार आफ्ना दुई छोरालाई साथमा लिएर ती महिला लोग्नेको श”वलाई ठेलामा बोकेर अन्तिम सं’स्कारको लागि गएकी हुन् ।

स्थानीयबासिन्दाले बताएअनुसार ती महिलाको परिवारमा आर्थिक समस्या छ । एम्बुलेन्समा लैजानको लागि पैसा नभएका कारण उनले त्यसरी ठेलामा राखेर लगेकी हुन् ।

ती महिलाका ५५ वर्षीय श्रीमान् सदाशिव हिरत्तीको घरमै ज्य’ान गएको हो । मुटु सम्बन्धी बि’मारीका कारण उनको ज्या’न गएको बताइएको छ ।

एकजना स्थानीयका अनुसार ती महिलाले सहयोग माग्दा कसैले सहयोग नगरेपछि श्रीमानको श’वलाई कपडामा बेरेर अन्तिम संस्कारको लागि लगेकी हुन् ।

प्रतिकृया दिनुहोस्