Sunday, October 25

भगवान राम नेपालमा नै जन्मेको अभिव्यक्तिपछि नेपाली अयोध्यामा चहलपहल बढ्यो, नेपालले यसरी जुटाउँदैछ प्रमाण

July 19, 2020 169

चितवन । केहीदिनदेखि नेपाली अयोध्यामा चहलपहल ह्वात्तै बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत हप्ता भगवान राम नेपालकै अयोध्यामा जन्मेको अभिव्यक्ति दिएपछि चितवनमा अवस्थित नेपाली अयोध्यामा चहलपहल बढेका दृेश्यहरु देखिन थालेका छन् ।

यसैबिच माडी नगरपालिकाले माडीमा राम जन्मेको आधारहरू प्रशस्त रहेको भन्दै माडीबासीले यहाँ अयोध्याको विकास क्षेत्र बनाउन माग गरेको छ ।

माडी नगरपालिका मेयर ठाकुर ढकालका अनुसार सीताराम गुफा, वाल्मीकि र अयोध्यापुरीमा रामसँगको सम्बन्ध जोडिएकाले यस क्षेत्रको अध्ययन गर्न आवश्यक रहेको बताए ।

भारतमा पर्ने अयोध्यामा पनि राम जन्मेको भन्ने विषय विवादित रहेकाले अहिलेसम्म राम जन्मलाई लिएर विवाद कायम नै रहेका बेला नेपालले थप प्रमाण जुटाउन लागिपरेको हो ।

प्रतिकृया दिनुहोस्