Thursday, October 29

निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् साउन ४ देखि १० गतेसम्मको साप्ताहिक राशिफल

July 19, 2020 141

मेष– काममा नयाँ जिम्मेवारी आउनेछ । उत्साह जागर बढ्नाले काम पूरा हुनेछ । छोटो यात्राको तय हुनेछ । साथी भाइको सहयोग मिल्नाले काम छिटो बन्नेछ । साताको मध्यमा भने काममा झमेला एवं स्वास्थ्यमा समस्या आउनेछ । महिला वर्गसँग दुश्मनी एवं आफन्त तोडिनेछन् । साताको अन्त्यमा भने अध्ययनमा सफलता एवं सन्तानबाट सुख एवं शान्तिको अनुभव मिल्नेछ । व्यापारमा सन्तुष्टि मिल्नेएवं धनको कारोबार बढ्नेछ ।

वृष–साथीभाइसँग भेटघाट बढ्नेछ । भोजन एवं खानपिनमा रमाइलो मिल्नेछ । बोली बचनले प्रभाव पार्नेछ । कुटुम्बसँग नयाँ सम्बन्ध बढ्ने एवं धनको कारोबारमा प्रगति हुनेछ । दाजुभाइले सहयोग गर्नेछन् एवं जिम्मेवारी थपिनाले काममा बोझ बढ्नेछ । साताको अन्त्यमा भने शंकाले समस्या ल्याउने, पारीवारिक द्वन्द बढ्ने एवं जग्गा जमिन एवं सम्पतिमा कलह आउनेछ । नयाँ योजनामा धोका मिल्नेछ ।

मिथुन–साथी भाइसँग घुमघाम हुनेछ । मनोरञ्जनमा खर्च हुने एवं भ्रमणको अवसर आउनेछ । सानो यात्रा हुनेछ एवं पारीवारिक सहयोग मिल्नेछ । सेमिनार, गोष्ठीमा सहभागिता मिल्ने एवं नयाँ परिकारको स्वाद मिल्नेछ । धन सम्पत्तिमा सन्तुष्टि मिल्ने तथा काममा प्रगति हुनाले पुराना कामबाट फाइदा मिल्नेछ । साताको अन्त्यमा भने दाजुभाइको साथले पुरानो काममा सहजता मिल्नेछ । स्थान परिवर्तन हुने एव् नयाँ कामको योजना बन्नेछ ।

कर्कट – यात्रामा झन्झट हुनेछ । काममा बढी लागत आउनेछ । खर्चमा बृद्धि हुनेछ । स्वास्थ्यले प्रतिकुलता देखाउनेछ । अनावश्यक विवाद
बढ्ने एवं धन सम्पति नोक्सानी हुनेछ । साताको मध्यमा भने परिवारको सुख मिल्नेछ । आफन्तमा मित्रता बढन् एवं नयाँ साथीसँग भेटघाट हुनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा लाभ एवं साथीभाइको सहयोगले अधुरा काममा सफलता मिल्नेछ । कृषि काममा राहत एवं धनआर्जन हुनेछ ।

सिंह– धनको कारोवार बढ्नेछ । मित्रको सहयोगले आर्थिक समस्या टर्नेछ । कृषि चौपायाबाट फाइदा हुनेछ । मातृपक्षबाट सहयोग एवं मावली पक्षबाट राहत मिल्नेछ । साताको मध्यमा भने सरसामान हराउन सक्ने एवं अनावश्यक खर्चले तनाव ल्याउनेछ । यात्रामा ढिलासुस्ती एवं बाधा अड्चन आउनेछ । साताको अन्त्यमा भने पारीवारिक प्रेम बढ्ने एवं प्रेमीप्रेमिकामा मेलमिलाप कायम रहनेछ । व्यवसायिक एवं साझेदरी काममा सन्तुष्टि मिल्नेछ ।

कन्या– नोकरी रोजगारीमा अवसर मिल्नेछ । राजनीतीमा जिम्मेवारी थपिनेछ । ठूलाबडाले साथ दिने एवं पद प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीको स्तर बढ्नाले धनको सुख मिल्नेछ । पुरानो कार्यबाट अकस्मात् लाभ हुने एवं सवारी सुखमा वृद्धि हुनेछ । कृषि चौपायाबाट फाइदा एवं व्यापारमा लाभ मिल्नेछ । धनसम्पत्तिको लाभ हुनेछ । । साताको अन्त्यमा भने काममा झमेला आउने, नमिठो खबर मिल्ने एवं स्वास्थ्यमा समस्या देखिनेछ ।

तुला– सामाजिक एवं परोपकारी काममा व्यस्तता बढ्नेछ । वैदेशिक काममा फाइदा मिल्नेछ । धर्मकर्ममा रुचि जाने एवं ठूलाबडाले आश्वासन दिनेछन् । काममा प्रगति देखिने एवं नयाँ योजनामा सहयोग मिल्नेछ । काममा प्रशंसा मिल्नाले सामाजिक प्रतिष्ठा बढ्नेछ । साताको अन्त्यमा भने धनको सहयोग मिल्नेछ । व्यापारमा सामान्या लाभ हुने एवं अन्न बालीबाट धन सञ्चय हुनेछ । माइती मावली एवं आफन्तको साथ सहयोग पाइनेछ ।

वृश्चिक– साभेदारीकाममा झमेला आउनेछ । काममा ढिलासुस्तीले खर्च बढ्नेछ । काममा अपजस आउनेछ । स्वास्थ्यमा समस्या आउनाले काम अधुरो रहनेछ । साताको मध्यमा भने विदेशबाट फाइदा मिल्ने, धार्मिक यात्रा हुने एवं परोपकारको क्षेत्रमा प्रशंसा मिल्नेछ । साताको अन्त्यमा भने रोजगारीको अवसर मिल्ने, काममा प्रगति देखिने एवं आफन्तले सहयोग गर्नेछन् । सरकारी काममा प्रगति हुनेछ ।

धनु– व्यवसायिक यात्रा हुनेछ । वैवाहिक प्रसंग चल्नेछ । पारीवारिक भेटघाट हुने एवं नयाँ रोजगारीमा प्रस्ताव आउनेछ । पारीवारिक प्रेममा प्रगति देखिन्छ । साताको मध्यमा भने स्वास्थ्यमा प्रतिकुलता आउने एवं अचानक काम रोकिनेछ । काममा गडबडी हुनाले गालीगलौज मिल्न सक्नेछ । साताको अन्त्यमा भने विदेशबाट सुखद समाचार आउने, काममा प्रगति देखिने एवं भाग्यले साथ दिनेछ । पुराना काममबाट फाइदा आउन थाल्नेछ ।

मकर– अनावश्यक खर्च हुनेछ । खानपिन र साथीभाइसँगको काममा एवं मनोरञ्जनमा बढी समय बित्नेछ । स्वास्थ्यमा भने सुधार आउने तथा ऋणको भार कम हुनेछ । मावली पक्षबाट फाइदा एवं पशु चौयाया बाट लाभ हुनेछ । अरुको सहयोग मिल्नाले अधुरा काम बन्नेछन् । साझेदारी व्यवसायमा नयाँ योजना बन्नेछ । साताको अन्त्यमा भने अपजसको समस्या हुनेछ । ठूलाबडाले साथ छोडिदिने एवं मित्रबाट धोका हुनेछ ।

कुम्भ– सन्तानको सहयोग मिल्नेछ । कला संगीत एवं आध्यात्मिक क्षेत्रमा व्यस्तता बढ्नेछ । अध्ययनको क्षेत्र बलियो बन्नेछ । आम्दानीको स्तर बढ्नाले धनको सञ्चय बढ्नेछ । मुद्दा मामिलामा प्रगति एवं विपक्षीको डर हटेर जानेछ । स्वास्थ्यमा सुधार आउने तथा नयाँ कामको थालनी हुनेछ । साताको अन्त्यमा भने पारीवारिक मेलमिलाप वैदेशिक यात्रा एवं नाता सम्बन्ध नयाँ बन्ने अवसर मिल्नेछ ।

मीन– मानसिक अशान्ति बढ्नेछ । महिला वर्गसँग सम्बन्ध बिग्रिनेछ । घरायसी समस्यामा परिनेछ । आफन्तमा कुरा नमिल्नाले पारीवारिक द्वन्द बढ्नेछ । मानसिक अशान्ति एवं काममा रोकावट आउनाले योजना विफल हुनेछ । साताको मध्यमा भने आम्दानी बढ्नाले व्यापारमा सन्तुष्टि मिल्नेछ । अध्ययनमा रुचि जाने एवं कला संगीतमा प्रगति हुनेछ । अन्त्यमा स्वास्थ्यलाभ मिल्ने यात्रामा खर्च बढी हुनेछ एवं खेलकुदमा रुचि बढ्ने तथा प्रतिस्पर्धामा जित हुनेछ ।

प्रतिकृया दिनुहोस्