Saturday, November 28

केश मु’ण्डन गरिएका व्यक्ति भारतीय नागरिक, पैसा लिएर अभिनय गरेको खु’लाशा !

July 18, 2020 171

काठमाडौं। गएको बिहीबार भारतको वा’णरसीमा के’श मु’ण्डन गरिएका र नेपाली भनिएका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ। भारतीय प्रहरीको हव’ला दिँदै बीबीसी नेपाली सेवाले प्रकाशित गरेको समाचारमा केश मु’ण्डन गरिएका युवक भारतीय भएको जनाएको छ। गएको विहीबार एक युवककको ज’बरजस्ती केश मु’ण्डन गरिएको र ती व्यक्तिले नेपालका प्रधानमन्त्रीवि’रुद्ध ना’रा लगाएको भिडियो भाइरल बनेको थियो। र ती युवक नेपाली रहेको र ज’बरजस्ती भारतीय एक धा’र्मिक सं’गठनले त्यस्तो गरेको बताइएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि नेपाल नै रहेको बताएको केही दिनपछि वा’णरसीमा सो घटना भएको थियो। भारतीय प्रहरीले सो भिडियो बनाएको आ’रोपमा चारजनालाई शुक्रबार पक्राउ गरेको थियो। सो प्रकरणमा शनिबार थप दुईजना पक्राउ परेको बीबीसीले जनाएको छ। सो प्रकरणका मुख्य आ’रोपी भनिएका अरुण पाठक अझै फ’रार रहेको वाणरसी प्रहरीले जनाएको छ। नेपाली युवक भनिएका ती व्यक्तिको घर वा’णरसीमै रहेको प्रहरीले जनाएको छ। बीबीसीसँग वा’णरसीका एपी अमित पाठकले भनेका छन्, ‘नेपाली भनिएका व्यक्तिको घर वा’णरसीमै छ।

उनी यहिँ बस्छन्। उनले उ’जुरी पनि दिएका छैनन्। उनीसँग सोधपुछ भएपछि मात्र उनी नेपाली हुन् वा होइनन् भन्न सकिन्छ।’ प्रहरीले ती व्यक्ति भारतीय म’तदाता सूचीमा सू’तिकृतसमेत रहेको र भारतमै ज’न्मेको जनाएको बीबीसीले उल्लेख गरेको छ। प्रहरीको दा’वीअनुसार सो भिडियो बनाए वा’पत ती युवकले एकहजार रुपैयाँसमेत लिएको स्वी’कार गरेका छन्।

प्रतिकृया दिनुहोस्