लकडाउनको समयमा समेत भारतबाट लुकिछिपी ल्याइएका कुखुराका चल्लालाई रुपन्देही प्रहरीले बरामद गरी नष्ट गरेको छ।
शनिबार बिहानै ४ बजेतिर रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ३ परासी झुमामा अवैध रूपमा भारतबाट नेपाल ल्याएका कुखुराका चल्ला बरामद गरिएको थियो।
१ सय कार्टुनमा राखेर ल्याइएका १० हजार कुखुराका चल्लालाई बाटोमा बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खडक बहादुर खत्रीले जानकारी दिए।
प्रहरीले कुखुराका चल्ला बरामद गरे पनि चल्ला ल्याउने व्यक्ति भने पक्राउ गर्न सकेको छैन। हरेक वर्ष हजारौं कुखुराका चल्ला बरामद गर्ने प्रहरीले चल्ला तस्करीमा संलग्न व्यक्तिहरूलाई भने पक्राउ गर्न सकेको छैन।
बरामद गरिएका चल्लालाई पशु क्वारेन्टाइन चेकपोष्ट बेलहियाको रोहवरमा खाडलमा पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्