Tuesday, October 27

श्रीमती अर्कैसंग लागेको थाहा पाएपछि प्रहरी हवल्दारले गरे पि’डा सहन नसकेर देहत्याग

July 18, 2020 233

सुनसरी – सुनसरी जिल्ला अदालतका एक न्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाको देहत्याग घटनाले नयाँ मोड लिएको छ । उनले यस्तो निर्णय गर्नुका पछाडीको पाटा खुल्दै जान थालेका छन् । मोरङको उर्लाबारी–९ राजघाटका हवल्दार खतिवडाले देहत्याग गरेका थिए । उनका दाई , दिदी लगायत परिवारका सदस्यले घटनाको कारणवारे अचम्म लाग्दो वयान दिएका छन् । श्रीमानले देहत्याग गरेको घटना सुनाउन जाँदा उनको श्रीमतीले अनौठो कुरा भनेकी थिइन् ।

ओमप्रकाशका दाजुले भने एक्लै कोठामा बसेकी बुहारीलाई कसरी त्यो कुरा सुनाउने भनेर हामी गएका थियौं, मेरो श्रीमती सहित तिन जना गएर उनलाई तिम्रो श्रीमान बिरामी छन् रे भनेर सुनाउँदा श्रीमतीले उल्टै कहाँ बिरामी हुनु म’रिसक्यो रे त ? भन्दै आश्चर्यजनक जवाफ दिएको उनले बताए । ओमप्रकाशले मलाई अर्कै पुरुषको जिम्मा लगाइदिनु भनेका छन् रे तपाईहरु जिम्मा लगाउन आउनुभएको हो ? भनेर समेत प्रश्न गरेको उनले बताए । बुहारीलाई पी’डा परेको होला भनेर बुझ्न जाँदा उल्टै मलाई अर्कै मान्छेलाई जिम्मा लगाउन आएको हो भनेर प्रश्न गरेपछि अचम्ममा परेको बताए ।

ओमप्रकाशको दिदीले पनि श्रीमतीलाई अति माया गरेको भाईले बुहारीवाट घात पाएपछि देहत्याग गरेको बताएकी छन् । एकतर्फी माया गरेको मान्छेले नै घा’त गरेपछि अ’सह्य भएको हुनसक्ने बताइन् । उनले बुहारीकै कारण घटना भएको दावी गरेको बताएका छन् । प्रहरीले बुहारी दीक्षा खतिवडा र उनकी प्रेमी भनिएका विशाल तामाङलाई पक्राउ गरी मुद्दा चलाएको छ । असार १६ गते आफैले बोकेको पे स्तोलले क’न्चटमा प्र हार गरी हवल्दार खतिवडाले देहत्याग गरेका थिए । ‘मृतक खतिवडालाई पहिले देखि नै आफ्नो श्रीमती अरुसँग लागेको शंका गर्दै आएका थिए ।

जवान छोराको अचानक निधन भएपछि बृद्ध आमावुवा चिन्तित छन् । वृद्ध अवस्थामा जिवनको सहारानै खोसिए पछि बुवा काशीनाथ र आमा निर्मला दुखी भएका छन् । आमाबुवा अलग्गै बस्छन् । केही दिन अघि मात्र ओमप्रकाश वुवाआमालाई भेट्न आएका थिए । बुवा आमाले खाना खाएर जाउ भन्दा पनि मानेनन् । बुहारीसंग राम्रो सम्बन्ध पनि नभएको सुनेका थियौं । हामीसंग नबस्ने भएकाले दिनहुँ भेट पनि हुदैनथ्यो बुवा काशीनाथले भनेका छन् ।

उनले बुहारीले नै घटना गराएको हुनसक्ने आशंका गरेका छन् । घटनास्थलमा पनि शं’कास्पद अवस्था भएको आफुले थाहा पाएको पनि बताएका छन् । आमाले दही केरा खाएर जा भन्दा पनि हतार गरेर ड्युटी गर्न गएको छोरा किन म’र्यो ? बुवा भन्छन्, आफ्नो ज्यानको माया नै मा’रेको थियो भने आमाले दिएको खानेकुरा खान पनि हतार गरेर किन ड्युटीमा जान्थ्यो ? आमा निर्मलाले आफनो छोरा कहिल्यै झ’गडा नगर्ने स्वभावको भएको बताइन् । उनले श्रीमतीसंग नै कुरा नमिलेका कारण मन भरिएर आफैलाई समाप्त पारेको बताइन् । बृद्ध आमा बुवाले बुहारीकै कारण छोराको ज्यान गएका कारण उनलाई सजायको माग गरेका छन् ।

दीक्षा, प्रहरी हवल्दार ओमप्रकासका श्रीमती हुन् । उनीहरुलाई मोरङको उर्लाबारी नगरपालिका–२ राजघाटबाट पक्राउ गरिएको हो । प्रहरी नायब उपरिक्षक शर्माले भन्नुभयो, ‘मृतक खतिवडालाई पहिले देखि नै आफ्नो श्रीमती अरुसँग लागेको शंका गर्दै आएका थिए । श्रीमती दीक्षा र विशालकै कारण उनी डि प्रेसनमा पुगेका थिए ।’ कल डिटेल अनुसार देहत्याग गरेको समयमा उनले श्रीमतीलाई र विशाललाई फोन गर्दा लामो समय दुबैको मोबाइल व्यस्त भएपछि डि प्रेसन र आवेशमा आएर आफैले देहत्याग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

देहत्याग दु’रुत्साहन आरोपमा पक्राउ परेका विशाल तामाङ खतिवडाकै छिमेकी हुन् । देहत्याग दु’रुत्साहन गरेको प्रमाणित भए दीक्षा र विशाललाई ५ वर्ष जेल सजाय र ५० हजार जरिवाना हुन सक्छ । देहत्याग दु’रुत्साहन बारे अपराध संहिताको दफा १८५ को उपदफा १ मा ‘कसैले कसैलाई देहत्याग गर्न दु’रुत्साहन गर्न दिने वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्नेलाई पाच वर्ष कैद र ५० हजार रुपैया जरिवाना हुने प्रावधान रहेको छ । यस घटनाको बारेमा तल २ भिडियो रहेका छन् हेर्नुहोला

प्रतिकृया दिनुहोस्