२०७७ साल साउन महिलाको औशी महासंयोग हो । साउन सोमबार र औशी पर्नु आफैमा महत्वपुर्ण कुरा हो । तसर्थ सोमबारे औशींको दिन यस्ता कार्यहरु गर्नुहोस
१) सोमबारे औशींको दिन हामी कसैसँग नबोलीकन नुहाउनुपर्छ । सुर्य उदाउनु भन्दा अगाडी कोहीसँग नबोली पानीलाई गंगा सम्झेर पुजा गर्नुहोला ।
२) त्यसपछि आफ्नो नित्य कर्महरु गर्नुहोस ।
३) सोमबारको दिन ब्रत बस्नुहुन्छ भने रुद्राक्ष अनिवार्य लगाउँनुहोस
४) पहेलों केशरी अवश्य लगाउँनुहोस ।
५) सोमबार , साउन र औशी परेकोले शिवलाई विशेषरुपमा पुजा गर्नुहोस
६) आफ्नो लक्ष्य मनमा लिएर संकल्प गरेर पुजा गर्नुहोस ।
७) पृतृको लागि महत्वपुर्ण भएकोले उहाँहरुको लागि सेतो तथा पहेलो वस्त्रले पुजा गर्नुहोस
८) पीपलमा जल चढाउनुहोस ।
९) औशीमा जन्मेका व्यक्त्तिहरुले केहि कुराहरु दान गर्नुहोस तपाईलाई पनि राम्रो हुनेछ ।
प्रतिकृया दिनुहोस्