Saturday, October 24

आइतबारदेखि ५ दिन ठूलो वर्षाको सम्भावना, ‘पाहुना लागेर भए पनि ज्यान जाेगाउनू’

July 18, 2020 203

काठमाण्डौँ, ३ साउन । आइतबारदेखि पाँच दिन देशभर निकै ठूलो वर्षा हुने र त्यसले व्यापक रूपमा बाढी र पहिरो निम्त्याउने भएकाले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गई ज्या न जोगाउन विज्ञले अपिल गरेका छन्।

राष्ट्रिय जोखिम विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी अनिल पोखरेलले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई आइतबारदेखि ५ दिन पाहुना लागेरै भए पनि सुरक्षित स्थानमा गई ज्या न जोगाउन सल्लाह दिएका छन्।

मौसम तथा विपद्सम्बन्धी निकायले गरेको संयुक्त अनुमानअनुसार यो हप्ता देशैभर ठूलै वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप व्यापक हुने देखिएकाले विशेषगरी सोमबारदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

शुक्रबार प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलको अध्यक्षतामा जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, ऊर्जा तथा जलस्रोत विभागसहितले संयुक्त पत्रकार सम्मेलन गर्दै साउन ४ देखि ८ गतेसम्म ठूलो पानी परी बाढी पहिरो जानसक्ने भएकाले सबैलाई सतर्क रहन आह्वान गरेका छन्।

प्रतिकृया दिनुहोस्