July 18, 2020 141
बुटवल- रुपन्देही बुटवल खैरेनी सडकखन्ड अन्र्तगतको सडकमा आज बिहान कार र मिनि ट्रक एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् । वीरगन्जबाट बुटवलतर्फ आउँदै गरेको ना ७ ख ४९४७ नम्बरको आईचर ट्रक र बैतडीबाट काठमाडौँतर्फ जाँदै गरेको बा १७ च २२१७ नम्बरको कार एक-आपसमा कार चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचारका लागि देवदहस्थिति देवदह मेडिकल कलेजमा लगिएको छ । घाइतेहरु कारमा सवार ५ जना र ट्रकमा सवार ट्रक चालक एकजना गरी ६ जना रहेकोमा उनीहरू सबै खतरामुक्त रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्