Tuesday, October 20

पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी

July 18, 2020 131

दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिनुभयो ।

“मन्दिर खुला गरिए पनि कोरोना भाइरस (कोभिड–१९)बाट बच्न आवश्यक ठानिएका सबै पालना गर्दै गराउँदै मन्दिर खुला हुन्छ”, उहाँ भन्नुहुन्छ । महादेवको अतिप्रिय महिना र प्रिय सोमबार मानिने यो महिना दर्शनार्थी एक पटक मात्र भए पनि दर्शन गर्न पाऊँ भनेर मन्दिर आसपास आइरहेका छन् ।पशुपतिनाथका नित्य दर्शनार्थी सिनामङ्गल निवासी मनोज भण्डारीका अनुसार निकै दर्शनार्थी मन्दिर परिसरमा पस्न चाहिरहेका छन् ।

प्रतिकृया दिनुहोस्