June 14, 2020 425
काठमाडौँ | प्रतिनिधि सभाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार संविधानमा रहेको निशान छाप पारित गरेपछि छिमेकी भा’रतले प्रतिक्रिया जनाएको छ।
शनिबार साँझ प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालय प्रवक्ता अनुराग श्रीवास्तवले भा’रतीय क्षेत्र समेटर नेपालको प्रतिनिधि सभाले संविधान संशोधन विधेयक पारित गरेको कुरा भारतले जानकारीमा राखेको बताए।
‘नेपालको प्रतिनिधि सभाले भारतीय भूमि समेटेर नेपालको नक्सा परिवर्तन गर्न संविधान संशोधन विधेयक पारित गरेको हामीले जानकारीमा राखेका छौं। यो विषयमा हामीले पहिला नै हाम्रो स्पष्ट धारणा राखिसकेका छौं, ‘ उनले भनेका छन्।
हेर्नुहोस –
प्रतिकृया दिनुहोस्