Thursday, January 21

विश्वभर ८२ लाख ८५ हजार बढी कोरोना भाइरस संक्रमण मुक्त

July 17, 2020 156

एजेन्सी – विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५३ हजार ३४२ जना व्यक्तिमा ८२ लाख ८५ हजार १८३ व्यक्ति संक्रमण मुक्त भएका छन् ।

विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ७७८ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

हाल विश्वभरमा ५० लाख ७५ हजार ३६४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस्