Monday, October 26

सुशान्तको घटनाको आरोप लागेपछि रियाले ‘म सुशान्तको प्रेमिका हुँ’ भन्दै गृहमन्त्रीलाई लेखिन् यस्तो पत्र, बलिउडमा हंगामा

July 17, 2020 255

काठमाडौं । बलिउड अभिनेता सुशान्त राजपुतको निधन भएको एक महिना वितिसकेको छ । एक महिना वितिसक्दा उनका प्रेमीका र पूर्वप्रेमिकाहरुले सुशान्तको सम्झना गरेका थिए । पूर्व प्रेमिका अंकिता लोखण्डेले सुशान्तको नाममा दियो वालेको तस्बिर सार्वजनिक गरेकी थिइन् । सुशान्तको प्रमिका भनिएकी रिया चर्कवर्तीले भने निकै भावुक स्टाटस सार्वजनिक गरेकी थिइन् ।

सुशान्तको निधन पछि उनको प्रेमिका भनिएकी रियासंग पनि प्रहरीले वयान लिएको छ । उनले सुशान्तलाई त नाव दिएका कारण यस्तो निर्णय गरेको भन्दै सुशान्तका फ्यानले आवाज उठाएपछि रियासंग प्रहरीले ३ घण्टा लामो वयान लिएको थियो । सुशान्तले देहत्याग गर्नु अघिल्लो दिन उनले प्रेमिकालाई आफ्नो घरमा छोड्न गएको पनि बताइएको थियो । उनी सुशान्तसंग अघिल्लो दिन सम्म पनि संगै थिइन् । देहत्याग गर्नु भन्दा एक दिन अघि मात्र सुशान्तले प्रेमिकालाई उनको घरमा छोड्न गएको भारतीय सञ्चार माध्यमले दावी गरेका थिए ।

सुशान्तको निधन भएको एक महिनासम्म चुपचाप रहेकी उनको प्रेमिका रिया अब सामाजिक सञ्जालमा सकृय हुन लागेकी छन् । अघिल्लो दिन निकै भावुक स्टाटस लेखेकी थिइन् । उनले लेखेकी थिइन् तिमीलाई गुमाएको ३० दिन भयो तर तिमीप्रतिको माया जिवन भर रहनेछ । फेरी रियाले अर्को स्टाटस लेख्दै सुशान्तको निधनको घटनाको छानविनको माग गरेकी छन् । उनले ट्वीट मार्फत सीबीआइ जाँचको माग गरेकी छन् । रियाले गृहमन्त्रीलाई मेन्सन गरेर ट्वीट गर्दै सीबीआई जाँचको माग गरेकी छन् ।

सुशान्तको निधन पछि उनले सामाजिक सञ्जालमा दुईवटा ट्वीट गरेकी छन् । जसमा उनले गृहमन्त्रीलाई मेन्सन गरेर घटनाको जाँचको माग गरेकी हुन् । उनको यो ट्वीटमा सुशान्तका फलोअर्सले भने आलोचना गरेका छन् । उनलले ट्वीट गर्दै लेखेकी छन्, आदरणीय अमित शाह सर, म सुशान्त राजपुतको प्रेमिका रिया चक्रवर्ती हुँ । उनको अचानक निधन भयो । सुशान्तको निधन भएको एक महिना भन्दा बढी भइसकेको छ । मलाई सरकार प्रति पुरा विश्वास छ तर न्यायको खोजीमा म हात जोडेर बिन्ती गर्छुकी यो घटनामा कृपया सीबीआई जाँच सुरु गरिदिनुहोला ।

रियाले गरेको यो ट्वीटमा सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् । उनीहरुले सहानुभुती लिने कोशिष नगर्नु भन्दै रियालाई सुझाव दिएका छन् । रियालाई सुशान्तको घटनालाई देहत्याग भनेर प्रमाणीत नगर्न भन्दै चेतावनी दिएका छन् । यदि तिमी सुशान्तको प्रेमिका थियौ भने किन आफ्नो इन्ट्राग्रामवाट सबै फोटो हटायौ भनेर प्रश्न पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस्