Monday, October 26

खुशीको खबर, डडेल्धुराका २ सय ६९ जनाले कोरोनालाई जितेर घर फर्किए

July 17, 2020 116

डडेल्धुरा – डडेल्धुराका २ सय ६९ जना कोरोना जितेर घर फर्केका छन् । डडेल्धुराका २ सय ७५ जना कोरोना संक्रमितमध्ये २ सय ६९ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

इसोलेसनमा रहेका ६ जना बाहेकका अन्यलाई घर फर्काएको जनाएको छ । कोरोना पोजिटिभ देखिएका जिल्लाका सबैजना स्वास्थ अबस्था समान्य रहेको बताइएको छ ।

४ सय ६२ जनाको रिपोर्ट आउन बाँकी रहेकोे स्वास्थ्य कार्यालयले जनाएको छ । आइसोलेसनमा रहेका ६ जना पनि समान्य अवस्थामा रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्