Wednesday, October 21

यी नै हुन इन्जिनियर जसलाइ मेलम्ची खानेपानी आयोजनाले ज्यान लियो,

July 17, 2020 179

काठमाडौं । जसले आफु जन्मिएको इतिहास बनाउनका लागि हो देहत्यागको नोट लेख्न होइन भन्दै सामाजिक सञ्जाल फेसवुकको वायो बनाएका थिए उनै इन्जिनियरलाई मेलम्ची खानेपानी आयोजनाले जिवन लियो । काठमाडौंबासीकालागि पिउने पानीको ब्यवस्था गर्ने काममा अहोरात्र खटेर काम गरेका इन्जिनियर सतीश गोहित सहित २ जना सुरङ परीक्षणका क्रममा बेपत्ता भए । ति मध्य बुधवार इन्जिनियर गोइतको शव फेला परेको हो ।

परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए । तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव हिज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजीकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको प्रहरीले जनाएको छ । २५वर्षको कलिलै उमेरमा दुर्घटनाका कारण ज्यान गुमाएका गोइतका आफन्त र साथी उनको निधनले मर्माहत भएका छन् । उनी जिवनप्रति निकै आशावादी सोच राख्ने इन्जिनियर थिए । उनका साथीले सामाजिक सञ्जाल मार्फत निधन प्रति दुख ब्यक्त गरेका छन् ।

दिप किरण खड्काले ट्वीटरमा लेखेका छन् । सतिष गोइत जो मेलम्ची आयोजनामा इञ्जिनियर भएर काम गर्दै थिए, आयोजनाको बाँधमा आएको समस्याले बेपत्ता भए। संघर्षको किताब लेख्न जन्मेको हुँं, देहत्यागको कथा लेख्न होइनु भन्नेको हाल नै हृदयविदारक बनाईदियो ३० वर्षमा रजाइ गर्ने दलालहरु, र तिनको घानमा निर्दोषहरुले ज्यान गुमाउनु पर्ने ?

दुर्घटना पछि अहिले मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ । आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक गर्दा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर दुर्घटना भएपछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको हो । सुरुङमा पठाएको सबै पानी बाहिर निकालिएको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ अम्बाथानस्थित आयोजना निर्माणस्थलमा बुधबार भएको दुर्घटनामा १० दिन पहिलेबाट सुरुङभित्र पठाइएको सबै पानी बाहिर निकालिएको बताइएको छ ।

मङ्गलबार दिउँसो मेलम्ची खानेपानी विकास बोर्ड, निर्माण कम्पनी र परामर्शदाताको संयुक्त टोली सुरुङको निरीक्षणका लागि अम्बाथानस्थित आयोजना निर्माणस्थलमा पुगेको थियो । प्रारम्भिक रुपमा सुरुङमा रहेको गेटको नेटबोल्ड फुत्केर पानी बाहिर निस्केको भन्ने बुझिएको आयोजनका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताएका छन् । सो आयोजनाको निर्माणसँगै सुरुङको परीक्षणका लागि कार्यविधि बनाइएको थियो । सोही कार्यविधिका आधारमा प्राविधिक टोली परीक्षणका लागि पुगेको हो ।

सुरुङको निर्माण सम्पन्न भएकाले त्यसको निरीक्षण र समन्वयका लागि समिति बनेको थियो । अम्बाथानको जिम्मा इञ्जिनीयर शेखर खनाललाई दिइएको र उनको नेतृत्वमा परामर्शदाता र निर्माण व्यवसायीको एक÷एक जना प्रतिनिधि रहेको थियो । अहिले पनि निर्माण व्यवसायी निर्माणस्थलमै रहेकाले सो घटना कसरी भयो भन्ने व्यवसायीलाई नै जानकारी हुने उनले बताए ।

आयोजनाले निरीक्षणका लागि व्यक्ति आफैँ जाँँदा जोखिम हुने देखिएकाले अब पानी हाल्दा निरीक्षणका लागि सीसी क्यामरा जडान गर्ने योजना बनाएको छ । सुरुङमा रहेको सबै पानी बाहिर निस्केकाले अब फेरि १५÷२० दिन सुरुङमा पानी भर्न नै लाग्नेछ । तत्काल नै पानी पठाउने भने योजना नरहेको आयोजनाले जनाएको छ । सुरुङभित्र गएको पानी गेटबाट बाहिर एकै पटक निस्किेपछि अहिले त्यहाँ पानी पठाउन रोकिएको छ । अब पहिले त्रुटि सच्चाउने र त्यसपछि मात्रै पानी हाल्ने आयोजनाका प्रवक्ता पन्तले बताए ।

आयोजनाले गत २१ गतेदेखि २६ किलोमिटर लामो सुरुङमा पानी पठाएर परीक्षण शुरु गरेको छ । सुरुङ परीक्षण गर्न कम्तीमा १५ दिन लाग्ने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सुरुङभित्र जम्मा भएको पानी विस्तारै बाहिर निकाल्न पनि उत्तिनै समय लाग्नेछ । अर्थात् १५ दिन पानी पठाएजस्तै खाली गर्न पनि उत्तिनै अवधि लाग्नेछ । त्यसपछि सात दिन सुरुङभित्रको समग्र अवस्थाका बारेमा अन्तरराष्ट्रिय मापदण्डअनुसार नै प्राविधिक टोलीले निरीक्षण गर्ने योजना थियो । सबै अवस्थाको जाँच पड्ताल गरिसकेपछि सुरुङ ठीक रहेको निष्कर्ष निकाल्ने र सुन्दरीजलमा पानी झार्ने तयारीमा मन्त्रालय सोही दिन पत्रकार सम्मेलनमार्फत बताएको थियो ।

सो दुर्घटनाका कारण घाइते भएका कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनालको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सवारी चालक राधाकृष्ण थापामगरको खोजी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्