Friday, October 23

सुशान्तकी प्रेमिका रियालाई बलात्कार र ज्यान मार्ने धम्की

July 16, 2020 232

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउडमा खैलाबैला मच्चिएको छ। सुशान्त ‘नेपोटिजम’को शिकार भएके भन्दै भारतमा विभिन्न निर्माता तथा कलाकारमाथि मानिसहरु खनिइरहेका छन्।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले विभिन्न प्रकारको गाली र धम्की पाइरहेकी छिन् । उनलाई विभिन्न ठाउँबाट गाली तथा धम्कीहरु आएको बताइएको छ। यसैबीच रियाले एउटा यस्तो मेसेजको स्क्रिनसट सोसल मिडियामा पोस्ट गरेकी छिन् जसमा उनलाई बलात्कार र हत्या गरिदिने धम्की दिइएको छ ।

रियाले स्क्रिनसट शेयर गर्दै लेखेकी छिन्, ‘मलाई गोल्ड डिगर भनियो… म चुप बसेँ । मलाई हत्यारा भनियो… म चुप बसेँ… मेरो चरित्रमाथि औंला उठाइयो तर पनि म चुप बसेँ । तर म चुप बस्दा तिमीले मलाई मैले आत्महत्या नगरेको खण्डमा मेरो बलात्कार र हत्या गराइदिने भन्ने अधिकार तिमीलाई कसले दियो ? तिमीले जे भनिरहेकी छौं, त्यसको गम्भीरताबारे अलिकति पनि महसुस भएको छ ? यो अपराध हो र काूननी रुपमा कसैलाई पनि यसरी प्रताडित गरिनु हुँदैन ।’

रियाले यो पोस्टसहित साइबर क्राइम हेल्पलाइनलाई ट्याग गरेर कारवाही गर्नका लागि पनि आग्रह गरेकी छिन् । सुशान्तको आत्महत्याको विषयमा रियासँग प्रहरीले ११ घण्टासम्म सोधपुछ गरेको थियो । उनले बिहिबार ट्वीट गर्दै यो केस सीबीआईलाई अनुसन्धान गर्ने दिनुपर्ने माग गरेकी छन्।

प्रतिकृया दिनुहोस्