July 16, 2020 115
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ६७ जनामा कोराेना भाइरस देखिएको बताए ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १७ हजार ३ सय ४४ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार २ सय ४९ रहेकाे छ । अर्थात हाल ६ हजार ५६ सकृया कोरोना संक्रमित रहेका छन् । हालसम्म नेपालमा काेराेनाकाे कारण ३९ जनाको मृत्यु भइसकेकाे छ ।
कतिकाे परीक्षण ?
हालसम्म ३ लाख ३ हजार ८ सय १० काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।
प्रतिकृया दिनुहोस्