Saturday, March 6

अपडेट : पर्वतको दुर्लुङमा भी’षण प’हिरो, ५ जनाको श’ब फेला , ४ जना अझै बे’पत्ता

June 14, 2020 268

पर्वत , पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भी’षण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पु’रिएका थप दुई जनाको श’ब फेला परेको छ । पहिरोले पुरिएका दिपा थापा र कमला विकको श’ब भेटिएको हो ।पहिरोमा परि ह’राईरहेका थप चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । यस अघि शनिवार साँझै पहिरोमा पुरिएका ५८ बर्षिय तुलबहादुर थापा, उहाँकी श्रीमती मीन कुमारी थापा र नातिनि विविशा थापाको श’ब फेला परेको थियो ।

प’हिरोमा पु’रिएर बे’पत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक रहेका छन् ।उनीहरुको खोजि कार्य जा’री रहेको जिल्ल प्रहरी कार्यालय पर्वतले जनाएको को छ । घ’टना घ’टेको लगत्तै नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उ’द्दारमा ख’टिएका थिए ।स्थानीयबासी र सु’रक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको श’ब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले जानकारी दिनुभयो । अन्यको खो’जी कार्य भैरहेको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिनुभयो ।

राती २ बजेसम्म खोजी गरेपछि वर्षा न’रोकिएकाले स’मस्या भएपछि सु’रक्षाकर्मि फर्किएको थियो । अहिले विहानवाट पुनः उ’द्धार कार्य शुरु भएको कुस्मा नगरपालिका वडा न ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले बताउनुभयो ।शनिवार साँझ ६ बजे देखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो ।पहिरोले उनिहरुका घरमा रहेका अन्य प’शूचौपाया समेत म’रेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटर भन्दा माथिवाट पहिरो आएको छ ।

प्रतिकृया दिनुहोस्