Tuesday, October 27

दुखद : ५ जनाको परिवार पलभरमै बिलाए

July 16, 2020 130

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीमा पहिरोले घर ब’गाउँदा एक जनाको मृ’त्यु भएको छ भने चार जना बे’पत्ता भएका छन् । गएराति आएको पहिरोले दुई घरमा क्ष’ति गर्दा एक घर पुर्णरुपमा क्ष’ति भएको छ भने एउटा घर आंशिक रुपमा क्ष’ति भएको छ । पूर्ण रुपमा क्ष’ति भएको घरका पाँचजना महिलालार्ई पहिरोले लगेको हो ।बे’पता हुनेहरुमा सोम बुटि शेर्पा वर्ष ८४, यान्जी शेर्पा वर्ष १६, छिरिङ शेर्पा वर्ष १२, सोम शाङ शेर्पा वर्ष ४८ का छन् । एकजना वर्ष ३५ की साङबु शेर्पाको श’व भेटिएको प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

प’हिरोले गर्दा एक विद्यालयमा पनि क्ष’ति पुगेको छ । सेती देवी पञ्चकन्या आधारभूत विद्यालयको क’म्पाण्डमा क्ष’ति पुगेको छ ।प’हिरोमा परेर ६० जना वि’स्थापित भएका छन् । बिहानबाट पानी परिरहेको र पहिरो नजिक घर भएका १८ घरका ६० जना वि’स्थापित भएका हुन् । उनीहरु अहिले सु’रक्षित स्थानमा बसिरहेका छन् । बे’पत्ताहरुको खोजीका लागि शसस्त्र प्रहरी र वडाध्यक्ष साङबु शेर्पा लगायत घ’टनास्थल पुगिसकेका छन् ।नेपाल प्रहरीलाई भने पुग्न केही समय लाग्ने प्रहरीले जनाएको छ । ठाउँ ठाउँमा प’हिरोको कारण बाटो भत्किएकाले प्रहरी पैदल नै गएको र प्रहरी कार्यालयबाट सो स्थान पुग्न तीन घण्टा लाग्ने हुनाले प्रहरी पुग्दैं गरेको डीएसपी काफ्लेले बताए ।

प्रतिकृया दिनुहोस्