Friday, October 23

प्रधानमन्त्री ओलीको अपमान गर्ने भारतीय मिडियालाई नेकपाका शम्भु शाहले लाइभमै थर्काए, भन्दिए हाम्रो अयोध्या नेपालमै छ (भिडियो हेर्नुस्)

July 16, 2020 291

काठमाण्डौं – नेपालले भारतद्धारा अतिक्रमित नेपाली भूमी पनि समेटेर नयाँ नक्सा जारी गर्दै प्रतिनिधि र राष्ट्रिय सभावाट पनि पारित गरेपछि भारतीय मिडियो निकै तल्लो स्तरमा ओर्लिएर नेपाल विरुद्ध विष वमन गरिरहेका छन् । नेपालले चीनको इशारामा यी सब निर्णय गरेको भन्दै भारतीय मिडियाले आरोप लगाउँदैै आएका छन् । भारतसंग सिमानाका विषयमा विवाद सुरु भएपछि नेपालमा भएका हरेक निर्णयलाई भारतले चीनको इशारामा नेपालले गरेको भन्दै आरोप लगाउने गरेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा भ्रामक समाचार बनाउने सुन्नै नसकिने आरोप लगाउने गरेका छन् । भारतीय मिडियाले यसरी नेपाल र प्रधानमन्त्रीका बारेमा गरेका नकारात्मक टिप्पणीको नेपालमा विरोध भएको छ । नेपालका बारेमा भ्रामक समाचार प्रशारण गर्दै आएका भारतीय नीजि समाचार च्यानल नेपालमा नचल्ने बनाइएको छ । यो निर्णयलाई पनि भारतले चीनको इशारामा गरेको भन्दै आरोप लगाएको छ ।

यसरी नेपाललाई चीनको नजरले हेर्ने भारतीय मिडियालाई नेकपाका नेता शम्भु शाहले कडा चुनौती दिएका छन् । उनले भारती मिडियामा एक अन्तरवार्ताका क्रममा भारतीय पत्रकारलाई नेपाललाई हेर्ने चिनियाँ चश्मा फुकाल्न भनेका छन् । अन्तरवार्ताकै क्रममा उनले सुरुमै पत्रकारलाई चिनियाँ चश्मा निकालेर हेर्न चेतावनी दिए । उनले भने, सबैभन्दा पहिला नेपाललाई तपाईहरुले चीनको इशारामा भन्दै लगाउने गरेको आरोप फिर्ता लिनुस्, चिनियाँ चश्मा फुकाल्नुस् । अनुप भैया तपाई सुन्नु, आफ्नो बिचार राख्ने स्वतन्त्रता सबैलाई छ । हाम्रा प्रधानमन्त्रीले अयोध्याका विषयमा कुरा उठाउँदै हाम्रो पर्सा जिल्लामा भएको अयोध्यापुरीलाई हाम्रो अयोध्या भन्नुभएको हो । भारतको अयोध्याको कुरा उठाउनुभएको होइन ।

उनले भने, म तपाईको पनि फ्यान हुँ तपाईले सामाजिक सञ्जालमा राखेका हरेक कुरा हेर्ने गर्छु तर यो चीनी हावा हवाई का कुरा उठाउन बन्द गर्नुस् । उनले प्रधानमन्त्रीले कुनै प्रमाण नभई नबोल्ने भएकोले यो विषयमा केही तथ्य भएको र यसलाई प्रमाणीत गरेर देखाउने पनि दावी गरेका छन् । उनले भने, यो विषयमा अनुसन्धान गर्नुपर्छ । लाइभ अन्तरवार्तामै शम्भु शाहले अयोध्या नेपालमै रहेको भन्ने प्रमाण सहित भारतीय अनुसन्धानकर्ताले उल्लेख गरेको कुरालाई प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्