Thursday, March 4

आजदेखि अर्को बैंकको एटिमबाट रकम निकाले शुल्क लाग्ने

July 16, 2020 227

काठमाडौं, १ साउन । अबदेखि अन्तर बैंकको एटिमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । बुधबार एक सूचना निकाली नेपाल बैंकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था आजदेखि एउटा बैंकको एटीमबाट अर्को बैंकको एटिमबाट रकम निकाल्दा शुल्क लिने जनाएको छ ।

ल कडाउनको कारण बैंक तथा वित्तीय संस्थाहरुले अन्तर बैंकको एटिएम सुविधाबाट नि:शुल्क पैसा निकाल्ने व्यवस्था गरेको थियो ।

सरकारले ल कडाउन खुकुलो बनाएसँगै आवातजावत खुकुलो र बैंक खुकुलो भइसकेको अन्तर बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने बैंकर्स संघसहित अन्य दुई संस्थाले निकालेको सूचनामा उल्लेख छ ।

‘कति शुल्क लाग्ने यो सबै नेपाल क्लियरिङ हाउसले गर्ने ‘विज्ञप्तिमा भनिएको छ,’ विद्युतिय कारोबारबाट गर्ने कारोबार गर्दा पनि शुल्क लाग्नेछ।

यो पनि समाचार पढ्नुहोस

को भिड–१९ म हामारीका कारण बन्द भएको खाडी मुलुकहरूको जनजीवन सामान्यतर्फ फर्किन थालेको छ । घर आउन तयार बसेका नेपाली कामदार पुनः काममा खटिन थालेका छन् ।

सं क्रमणलाई नियन्त्रण गर्न सफल भएको भन्दै खाडीका विभिन्न मुलुकले चरणबद्ध रूपमा ल कडाउन खुकुलो बनाउँदै लगेका छन् । कुवेतले झन्डै तीन महिना पूर्ण आइसोलेसनमा राखेको महाबुल्लाह र जिलिप क्षेत्रलाई शुक्रबारदेखि खुला गरेको छ ।

कुवेतमा कार्यरत झन्डै ८० प्रतिशत नेपाली कामदार तिनै दुई क्षेत्रमा बस्दै आएका छन् । कतार, साउदी अरब, युएई जस्ता देशमा पनि यही अवस्था रहेकाे आजकाे कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्