Wednesday, October 21

भोलि साउन महिनाको पहिलो दिन, कुन राशिलाई कति शुभ ? हेर्नुहोस्

July 15, 2020 222

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक तथा मानसिक स्वस्थता कायम रहनेछ| परिवारका साथ उत्तम एवम स्वादिष्ट भोजन गर्ने तथा आनन्दमय समय बिताउने अवसर मिल्नेछ| धन लाभको योग रहेको छ| आयमा वृद्धि हुनेछ| मनमा नकारात्मक सोच आउनेछ|

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईंको यस दिन प्रशन्नतापूर्ण रूपले बित्नेछ| स्वास्थ्य राम्रो रहनेछ| साथी-भाईबाट उपहार मिल्नाले मनमा आनन्दको भावना छाउँनेछ| स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ| आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ| वैवाहिक जीवन सुखमय रहनेछ|

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको लागि यस दिन अशुभ रहनेछ| मानसिक र शारीरिक अस्वस्थताको अनुभव हुनेछ| पारिवारिक सम्बन्ध बिग्रिनाले मन दु:खी रहनेछ| खर्चमा वृद्धि हुनेछ| आखाँ सम्बन्धि समस्या देखा पर्न सक्छ|

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको यस दिन अत्यन्त शुभ रहनेछ| आकस्मिक धन लाभको योग छ| स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ, साथै स्त्री सुख मिल्नेछ| आयमा वृद्धि हुनेछ| शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ|

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| कर्यक्षेत्र तथा परिवारको कार्यभार बढ्नेछ| बुबासँग मतभेद उत्पन्न हुनेछ| कर्यक्षेत्रमा सफलतामा विलम्ब हुनेछ| जीवनमा अधिक गम्भीरताको अनुभव हुनेछ|

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक थकान, आलस्यताको अनुभव हुनेछ| सन्तानको साथ मनमुटाव हुने सम्भावना रहेको छ| धार्मिक कार्यमा धन खर्च हुनेछ| भाई-बहिनीबाट लाभ प्राप्त हुने योग छ| राजनीतिक क्षेत्रमा कठिनाई बढ्नेछ|

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला| स्वास्थ्यमा समस्या देखा पर्न सक्छ| आकस्मिक धन लाभको योग रहेको छ| स्त्री जाति र पानीबाट यस दिन टाडै रहनुहोला| खान-पानमा खास ध्यान दिनुहोला|

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको लागि यस दिन शुभ रहनेछ सामाजिक कार्यले यात्राको योग बन्नेछ| साथी-भाईका साथै आफन्तबाट पनि लाभ प्राप्ति हुनाले मन प्रशन्न रहनेछ| आयको स्रोत बढ्नेछ| व्यापार क्षेत्रमा लाभ प्राप्त हुनेछ|

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

गृहस्थजीवन आनन्दपूर्वक बित्नेछ| कर्यक्षेत्रमा मान-सम्मान प्राप्त हुनुका साथै पदोन्नतीको योग रहेको छ| सजिलै कार्य सफल हुनेछ| आर्थिक तथा व्यापारिक आयोजनको लागि शुभ दिन रहेको छ|

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको यस दिन मिश्रित फलदायी रहनेछ| लेखन तथा साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ| शारीरिक तथा मानसिक थकानको महशुस हुनेछ| सन्तानको कारण मन विचलित रहनेछ| उच्च अधिकारीहरुबाट लाभ मिल्नेछ|

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

क्रोध तथा वाणीमा संयम राख्नुहोला| पारिवारिक मनमुटावको कारण मन चिन्तित रहनेछ| स्वास्थ्यमा खराबी आउन सक्छ| वाहन सवारीमा विशेष ध्यान दिनुहोला| मनमा नकारात्मक सोच आउने छ|

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको यसदिन सुख-शान्तिपूर्वक बित्नेछ| पति-पत्नी बीचको सम्बन्धमा सुमधुरता छाउनेछ| मित्रजनसँग भेट हुने सम्भावना रहेको छ| प्रेम सम्बन्ध पनि प्रगाड हुनेछ|

प्रतिकृया दिनुहोस्