Thursday, November 26

म्याग्दीका फाँटैभरि छपक्कै सलह

July 15, 2020 152

गलेश्वर । दुई साताअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह मङ्गलबार र बुधबार तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । मङ्गलबार भित्रिएको सलहले बुधबार पनि बालीनाली नष्ट गरेपछि यहाँका कृषकहरु चि’न्तित भएका छन् ।पश्चिम म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकाको सिंगा, भकिम्ली, बगरफाँट, रत्नेचौर, पुलाचौरलगायतका गाउँहरुमा लगाएको मकै र धान बाली सलहको झुण्डले न’ष्ट गरिदिएको किसानहरुले बताएका छन् । सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको तोराखेतका कृषक सागर खत्रीले बताए ।

‘‘चार÷पाँच लाखभन्दा धेरै सङ्ख्यामा भित्रिएको सलहले गाउँ नै छो’पेको छ,’’ उनले भने ‘‘भगाउने प्रयास गर्दा गर्दै बाली र बोट बिरुवाको पात न’ष्ट गरेको छ ।’’बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयले टिन, थाल ठटाउनुका साथै ध्वनि निकालेर भगाउने प्रयास गरेपनि सफल नभएको खत्रीले बताए । बुधवार बिहानै खेतबारीमा देखिएको सलहले सबैभन्दा बढी मकै बालीमा क्ष’ति पु¥याएको छ । सलहले तरकारी र लहरेबालीमा समेत क्ष’ति पु¥याएको स्थानीयले बताएका छन् ।पश्चिम म्याग्दीमा सबैभन्दा धेरै सलह देखिएको छ ।

बाढी प’हिरोले वि’तण्डा म’च्चाइरहेको अवस्थामा खेतबारीमा सलह देखिएपछि स्थानीय चि’न्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सलह प्रवेश गरेपनि क्षतिको विवरण प्राप्त भई नसकेको जनाएको छ । दुई हप्ताअघि म्याग्दीको लुलाङ, मुना, बगर, मुदी, सिस्नेरी, घार, सिङ्गा, भकुण्डेलगायतका क्षेत्रमा सहल पानी परेपछि ह’राएको थियो ।

प्रतिकृया दिनुहोस्