Monday, October 26

प्रधानमन्त्री ओलीले दा’वी गरेको पर्साको ठोरीमा राम र सीताका प्राचीन अवशेष अझै सुरक्षित

July 15, 2020 174

बीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या पर्सा जिल्लाको ठोरीमा पर्छ, भनेर अभिव्यक्ति दिएसँगै नेपाल र भारत दुवै देशमा खैलाबैला म’च्चिएको छ ।प्रधानमन्त्री ओलीले सीतालाई भारतीय राजकुमारलाई नभई नेपालकै अयोध्याका राजकुमार रामलाई दिइएको हो, भन्ने अभिव्यक्ति दिएसँगै यतिबेला नयाँ वि’वाद मात्र सुरु भएको छैन, यसले राम भूमि अयोध्याको बिषयमा समेत थप अनुसन्धान हुनुपर्ने कुरालाई अघि सारेको छ ।यसैबीचमा पर्साको ठोरी गाउँपालिका–५ स्थित ठोरी भन्सार टोलदेखि पश्चिम दक्षिणतर्फ रहेको सुमेरु पर्वतमा सीताको गुफा तथा केही प्राचीन अवशेषहरु भेटिएका छन् ।

ठोरी भन्सार टोल नजिकैबाट बगेको ठुटे खोलासँगै जोडिएको ठूल्ठूला चट्टानसहितको सुमेरु पर्वतको बीच भागमा सीताको प्राचीन गुफा भेटिएको हो । गुफासँगै सीताले त्यहाँ त’पस्या गर्ने क्रममा विताएका दिनहरुको ब’खत रहेका कु’ण्ड, प्राचीन घडा, प्राचीन शि’वलिंग लगायतका अ’वशेषहरु भेटिएका हुन् ।माता सीता जनकपुरबाट पर्साको ठोरीमा आएर त्यही गुफामा रही त’पस्या गर्ने गरेकी र सोही क्रममा पूजा गर्नका लागि ढुँगाको ठूलो चट्टानमा आफैले बनाएकी शि’वलिंगको अवशेष भेटिएको हो ।उक्त शि’वलिंगको बीचको भाग फु’टेर ह’राइसकेको अवस्थामा छ।

त्यही नदी छेउमै सुमेरु पर्वतको तल्लो भागमा भगवान राम तथा सीताले पिउने गरेको पानीको कु’ण्डको अवशेष अहिलेसम्म सुरक्षित नै रहेको छ ।यसो झट्ट हेर्दा सानो खाल्टो जस्तो देखिएपनि चट्टानै चट्टानले बनेको करिब १० फिट गहिरो र दुई मिटर गोलोका आकारको कु’ण्ड अहिले पनि त्यही छ । उक्त कु’ण्डमा कुनै पनि महिनामा पानी नसुक्ने गरेको स्थानीयहरुको भनाइ छ ।उक्त कु’ण्डको साथमा खोला वरिपरि ठूल्ठूला चट्टानले बनेको विभिन्न भगवानको मु’र्तिहरुको अवशेष पनि रहेको छ । उक्त अवशेषहरुबाट पनि भगवान रामको जन्मभूमि पर्साको ठोरी नै भएको त्यहाँका स्थानीयहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस्